सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय

  Sampatti News

November 25, 2021

सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय

काठमाडौँ-आगामी (मंसिर १५ गते) देखि सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने औपचारिक निर्णय गरिएको छ ।

सर्वोच्चमा बुधवार बसेको फुलकोर्ट बैठकले आगामी बुधवारदेखि गोलाप्रथाबाट पेशी तोक्ने कार्यको शुरूआत गर्ने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।

सूचना आगामी सोमवार राजपत्रमा प्रकाशित भएपछि पेशी तोक्ने प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य हुने फुलकोर्टको निर्णय रहेको छ ।

यससँगै न्यायाधीशहरू सबै प्रकृतिका मुद्दाको सुनुवाइका लागि इजलासमा फर्किने छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्त गर्नुपर्ने मागसहित न्यायाधीशहरूले गएको कात्तिक ८ गतेदेखि नियमित सुनुवाइ गरेका छैनन् ।

बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेलीसहितका सीमित प्रकृतिका मुद्दाको मात्र सुनुवाइ हुँदै आएको छ ।

सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय

प्रकाशित मिति:November 25, 2021