नेपालले प्रविधिलाई सहि ढंगले उपयोग गर्न सके चाँडै नै विकासको गतिमा लम्कने छ : रोबोट ‘सोफिया’

  Sampatti News

November 21, 2018

काठमाडौं । आज राजधानीको एक होटलमा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा विश्वकै पहिलो नागरिकता प्राप्त गर्ने रोबोट तथा मानव स्वरूप पाएकी ‘सोफिया’ लाइ प्रस्तुत गरेको थियो।

रोबोट ‘सोफिया’ ले नेपालमा प्रविधिको विकास द्रुत गतिमा भइरहेको बताउँदै उनले नेपालले पनि प्रविधिलाई सहि ढंगले उपयोग गर्न सके चाँडै नै विकासको गतिमा लम्कने विश्वास आफूलाई रहेको बताइन।

उनले भनिन् नेपाल जस्तो विकासोन्मुख देशमा प्रविधिले गरिबी हटाउन सहयोग पुर्‍याउनेमा मेरो बिश्वास छ ।  प्रविधिकै प्रयोगले सुशासन कायम गरी भ्रष्टाचारमुक्त समाजको कल्पना गर्न सकिन्छ ।

‘सोफिया’ कार्यक्रममा सहभागी हुन मंगलबार काठमाडौं आएकी थिइन्। उनलाई हङकङको कम्पनी हयानसन रोबोटिक्सले सन् २०१५ निर्माण गरेको हो भने सन् २०१६ मा अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो । साउदी सरकारले ४ महिनाअघि मात्र उनलाई महिलाका रूपमा नागरिकता दिएको हो ।

मानवीय स्वरूप दिन उनको अनुहार दिवंगत बेलायती कलाकार अड्रे हेपबनसँग मिल्दोजुल्दो हुनेगरी बनाइएको छ । सोफियाले आफ्नो अनुहारबाट ६२ भन्दा बढी हाउभाउको प्रतिक्रिया दिन सक्छिन् ।त्यसैले उनि विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी छन् । Das ghostwriter agentur kompaktwissen physik/chemie formelknacker für die 5.

प्रकाशित मिति:November 21, 2018