वीरगञ्जमा मेड इन नेपाल प्रदर्शनी

  Sampatti News

December 2, 2021

वीरगञ्जमा मेड इन नेपाल प्रदर्शनी

वीरगञ्जमा‘मेड इन नेपाल एक्स्पो’ (प्रदर्शनी) हुने भएको छ ।

स्वदेशी उद्यम र उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनको १२ देखि १५ गतेसम्म सो प्रदर्शनी सञ्चालन हुने छ ।

नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ) वीरगञ्ज र आर्थिक अभियान दैनिकको सहकार्यमा मोफसलमै पहिलो पटक यस्तो प्रदर्शनी हुन लागेको छ ।

वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्क रहेको खाली स्थानमा प्रदर्शनी आयोजना गरिने एनवाइइएफका अध्यक्ष अनुप अग्रवालले जानकारी दिनुभयो ।

स्वदेशी उद्यम र उत्पादन प्रवद्र्धनको उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा विभिन्न उत्पादनका लागि करिब १३० वटा कक्षको व्यवस्था मिलाइने आयोजकले बताएको छ ।

प्रदर्शनीमा स्वदेशमा उत्पादित औद्योगिक उत्पादन, सेवा व्यवसाय, घरेलु तथा हस्तकलाका उत्पादन, प्रविधि, स्थानीय कला संस्कृति, साहित्य, स्थानीय खानाका परिकारलगायतको प्रदर्शनी गरिने भएको छ ।

प्रदर्शनीको लागि कक्ष बुकिङ सुुरू भइरहेको र महिला तथा फरक क्षमताका उद्यमीका लागि कक्षमा विशेष सहुलियत दिइने पनि आयोजकले बताएको छ ।

नेपाली उद्यमीबीच अनुभवको आदानप्रदान र अवसरको उपयोगमार्फत देशको आर्थिक विकासको उद्देश्यलाई सघाउने लक्ष्यसहित प्रदर्शनी आयोजना गर्न लागिएको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो ।

प्रदर्शनीमा वस्तु तथा सेवाका उत्पादक र ग्राहकबीच साक्षात्कार हुने र यसबाट उपभोक्ताले स्वदेशी उत्पादनबारे जानकारी पाउने बताइएको छ ।

उद्यमशीलताको भावना जागृत गराउँदै नयाँ सोच र खोजका साथ उद्यम व्यापारलाई देशको आर्थिक विकासको मेरुदण्डका रुपमा स्थापित गर्ने अभियानअन्तर्गत प्रदर्शनी आयोजना हुन लागेको हो ।

उपभोक्ताको रुचिअनुसार उत्पादन परिमार्जन र बजारीकरणमा सहयोग पुग्नेमा आयोजक विश्वस्त देखिएको छ ।

लगानीका नयाँ सम्भाव्यताको खोजी गर्दै स्वदेशी वस्तु तथा सेवाको प्रवद्र्धनमार्फत देशको आर्थिक विकासमा प्रदर्शनीले सघाउ पु¥याउने दाबी आयोजकको छ ।

ह्विलचियर म्याराथन हुँदै

Fast wheelchair racer blurs past. Total motion feel.

अपाङ्ग दिवसका अवसरमा पारेर यहाँ पहिलोपटक यही मङ्सिर १७ गते ह्विलचियर म्याराथन हुने प्रतियोगिता भएको छ ।

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको दिन आपाङ्गता भएकाको हौसला बढाउन प्रतियोगिता गर्न लागिएको आयोजक अलाइड युथ सोसाइटी पर्साले जनाएको छ ।

किरण आँखा अस्पताल, वीरगञ्ज कलेज, वीरगञ्ज महानगरपालिका, डिएभी स्कुल लगायतका सहयोगमा २०० मिटर ह्विलचियर म्याराथन हुने सोसाइटीका अध्यक्ष ओमकुमार झाले जानकारी दिनुभयो ।

प्रतियोगितामा २५ सहभागी गराउने लक्ष्य आयोजकको छ ।

प्रथम हुनेलाई हाइड आउटमा डिनर, ह्विलचियर, वैशाखी, इलेक्ट्रिक जग, वैशाखीलगायत पुरस्कार छ भने द्वितीय र तृतीय हुनेलाई वैशाखी, च्यवनप्रासलगायत सामग्री प्रदान गरिने आयोजकले जनाएको छ ।

सहभागी खाली हात नपठाउने गरी तयारी गरिएको सोसाइटीका उपाध्यक्ष आकाश दासले बताउनुभयो ।

वीरगञ्जमा मेड इन नेपाल प्रदर्शनी

प्रकाशित मिति:December 2, 2021