१ अर्बको आईपीओ जारी गर्दै पिपुल्स हाइड्रो

  Sampatti News

December 6, 2021

१ अर्बको आईपीओ जारी गर्दै पिपुल्स हाइड्रो

काठमाडौं-पिपुल्स हाइड्रोपावर कम्पनीले एक अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ ।

कम्पनीले ९६ लाख कित्ता अर्थात ९६ करोड बराबरको आईपीओ निस्कासन गर्न लागेको हो ।

कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।

कम्पनीको सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् ।

हाइड्रोपावरको निस्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।

१ अर्बको आईपीओ जारी गर्दै पिपुल्स हाइड्रो

प्रकाशित मिति:December 6, 2021