पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न एक पक्राउ

  Sampatti News

December 8, 2021

पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न एक पक्राउ

बेलायत-साउदी पत्रकार जमाल खशोग्गीको हत्याका संलग्न भएका एक जना पक्राउ परेका छन् ।

पत्रकार खशोग्गीको हत्यामा संलग्न साउदी अरेबियाका एक नागरिक मंगलबार फ्रान्समा पक्राउ परेको बीबीसीले जनाएको छ ।

फ्रान्सको चार्लुस डे गोले विमानस्थलबाट प्रहरीले साउदीका खालेद एद अल ओतैबीलाई पक्राउ गरेको हो ।

पत्रकार खशोग्गीको सन् २०१८ को अक्टोबरमा इस्तानबुलको साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो।

साउदी अरेबियाका अधिकारीहरुले दुर्घटनामा खशोग्गीको मृत्यु भएको दावी गरेका थिए ।

यद्यपी, टर्कीका अधिकारीहरुले साउदी अरेबियाको निर्देशनमा उनको हत्या भएको बताउँदै आएका छन् ।

खशोग्गी वाशिङटन पोस्टमा समेत काम गर्दै आएका थिए ।

पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न एक पक्राउ

प्रकाशित मिति:December 8, 2021