गृहमन्त्री खाडले गरे सहसचिवको जिम्मेवारी हेरफेर

  Sampatti News

December 8, 2021

गृहमन्त्री खाडले गरे सहसचिवको जिम्मेवारी हेरफेर

काठमाडौँ-गृहमन्त्री बालकृष्ण खाडले मन्त्रालयका केही सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।

केही दिन अघि वातावरण विभागको महानिर्देशकबाट गृहमा सरुवा भएका मुकुन्द प्रसाद निरौलालाई सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारी दिईएको थियो ।

सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख तथा मन्त्रालयका प्रवक्ता समेत रहेका फणीन्द्रमणि पोखरेललाई प्रशासन महाशाखामा तानिएको छ ।

प्रशासन महाशाखामा तानिएका पोखरेलको प्रवक्ताको जिम्मेवारी आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव प्रदीपकुमार कोइरालालाई दिइएको छ।

गृहमन्त्री खाडले गरे सहसचिवको जिम्मेवारी हेरफेर

प्रकाशित मिति:December 8, 2021