सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना

  Sampatti News

December 8, 2021

सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना

काठमाडौं-भारतका उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ ।

भारतिय सेनाका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटना भएको हो ।

इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई(१७ हेलिकप्टर दुर्घटनामा परेको बताएको छ ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

हेलिकप्टरमा सेना प्रमुख रावत पत्नीको साथमा रहेको बताइएको छ ।

दुर्घटनामा घाइते भएका कम्तीमा ३ जनालाई अस्पताल लगिएको तर पहिचान भने खुलाइएको छैन ।

सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना

प्रकाशित मिति:December 8, 2021