सेयर बजार घट्ने क्रम निरन्तर: नेप्से २४५५ विन्दुमा

  Sampatti News

December 8, 2021

सेयर बजार घट्ने क्रम निरन्तर: नेप्से २४५५ विन्दुमा

काठमाडौं-सेयर बजार घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ ।

नेप्से घटेर २५ सय विन्दुभन्दा मुनि आएर क्लोजिङ भएको छ ।

खरिदबिक्री रकम पनि निकै कम भएकोछ ।

यस दिन नेप्से सूचक ५३.१० अंकले घटेर २४५५.८० विन्दुमा आएर अडिएको छ ।

२ अर्ब ६६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

बुधबार अधिकांश कम्पनीहरुको शेयर मूल्य घट्दा बजार पुरै राताम्मे देखिएको छ ।

यद्यपि, स्टाण्डर्ड चार्टड बैंक, मैलुङखोला जलविद्युत्, नेपाल एसबीआई बैंक लगायतको शेयर मूल्य भने बढेको छ ।

बुधबार धेरै गुमाउने कम्पनीहरुमा सामुदायिक लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, नयाँ सारथी लघुवित्त लगायतका कम्पनीहरु देखिएका छन् ।

सेयर बजार घट्ने क्रम निरन्तर: नेप्से २४५५ विन्दुमा

प्रकाशित मिति:December 8, 2021