भारतीय पूर्व सेनाप्रमुख रावतको शुक्रबार अन्त्येष्टि गरिने

  Sampatti News

December 9, 2021

भारतीय पूर्व सेनाप्रमुख रावतको शुक्रबार अन्त्येष्टि गरिने

एजेन्सी-भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) तथा पूर्व सेनाप्रमुख जनरल विपिन रावतको शुक्रबार अन्त्येष्टि गरिने भएको छ ।

बुधबार हेलिकप्टर दुर्घटनामा परेर उनको निधन भएको थियो ।

भारतीय वायुसेनाले ट्वीट गरेर उनको शुक्रबार अन्त्येष्टि गरिनेवारे जानकारी दिएको हो ।

उनको शव आज बिहीबार दिल्ली ल्याइँदैछ ।

रावत चढेको भारतीय वायु सेनाको एमआई–१७भी ५ हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो । हेलिकोप्टरमा १४ जना सवार थिए ।

दुर्घटनामा जलेर गम्भीर एक घाइतेको अस्पतालमा उपचार भइरहेको छ

दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले जनाएको छ ।

भारतीय सेनाका पूर्वप्रमुख रावत सन् २०२० को जनवरीमा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका थिए ।

रक्षा मन्त्री राजनाथ सिंहले दुर्घटनाबारे बिहीबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति:December 9, 2021