नाडा नेतृत्वको लागी मतदान जारी

  Sampatti News

December 9, 2021

नाडा नेतृत्वको लागी मतदान जारी

काठमाडौं-आगामी नेतृत्वको लागी नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको मतदान जारी रहेको छ ।

विहान ८ बजेदेखि होटल सोल्टीमा भइरहेको चुनावमा दुई समूहले प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

हिजोबाट नाडाको ४५ औं साधारणसभाको उद्घाटन तथा बन्दसत्र शुरु भएको थियो ।

नाडाको आगामी अध्यक्षको लागि सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र फोर्स मोटरको नेपालको आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाको प्यानलबीच तिब्र प्रतिस्पर्धा रहेको छ ।

ध्रुव थापाको प्यानलमा हालका कार्य समितिमा रहेका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया छन् ।

नमुना श्रेष्ठ, अमरज्योति रञ्जित, बीएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, प्रसाद पौडेल(राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बिएस कंसाकार र सञ्जय खेतान पनि थापाको प्यानलबाट कार्यासमिति सदस्यको प्रतिस्पर्धामा छन् ।

त्यस्तै चौधरीले अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, बिक्रम सिंघानीया, देवराज भण्डारी, गोपाल भट्टराई, राजनबाबु श्रेष्ठ, पंकज अग्रवाल र राजेन्द्र अग्रवाललाई कार्यसमिति सदस्यका लागि प्यानलमा राखेका छन् ।

चौधरीको सूमहमा वर्ण न्यौपाने, सुनिल रिजाल, बरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, अभिक ज्योति, मिलनबाबु मल्ल, निलमणी पाठक, र गंगाराज भट्टराई पनि सदस्यका प्रत्यासी छन् ।

नाडामा ३ हजार २१६ जना मतदाता छन् ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले दिउँसो ३ बजेसम्म मतदान सकिने जानकारी दिएका छन् । ‘मतगणना पनि आजै शुरु हुन्छ,’ उनले भने, रातिसम्म नतिजा आउँछ ।’

प्रकाशित मिति:December 9, 2021