संस्थापनइतर समूहबाट रामचन्द्र सभापतिको साझा उम्मेदवार

  Sampatti News

December 9, 2021

संस्थापनइतर समूहबाट रामचन्द्र सभापतिको साझा उम्मेदवार

काठमाडौं-कांग्रेसमा संस्थापनइतर समूहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ।

कांग्रेसमा संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरुको भेलाले नेता रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

वरिष्ठ नेता पौडेललाई आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार बनाउन आज बिहान बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा भएको भेलाले सहमति जुटाएको हो।

युवानेताहरूले पौडेललाई सभापतिको उम्मेदवार बनाउने र सभापतिका अन्य आकांक्षीलाई पदाधिकारीमा व्यवस्थापन गर्न पनि उनीहरुले सुझाव दिएका छन्।

छलफल सकेर युवा नेताहरू प्रकाशमान सिंह र शेखर कोइरालालाई भेट्न गएका छन् ।

अर्जुननरसिंह केसी, बलबहादुर केसी र रामशरण महत प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन् भने गगन थापा, धनराज गुरुङ र जीवन परियारलगायत नेताहरू शेखर कोइरालालाई भेट्न गएका छन्।

पौडेललाई सभापतिका अर्का आकांक्षी शेखर कोइरालले पनि समर्थन गर्ने बताएका छन् ।

आजै बिहान पौडेलनिवास बोहोराटार पुगेर शेखर कोइरालाले साझा उम्मेदवार बन्न सक्ने अवस्थामा पौडेललाई आफ्नो समर्थन हुने बताएका हुन्।

संस्थापनइतर समूहबाट रामचन्द्र सभापतिको साझा उम्मेदवार

प्रकाशित मिति:December 9, 2021