बैतडीमा नेकपा एसको सङ्गठन विस्तार तिब्र गतिमा

  Sampatti News

December 9, 2021

बैतडीमा नेकपा एसको सङ्गठन विस्तार तिब्र गतिमा

बैतडी-बैतडीमा सङ्गठन विस्तार अभियानलाई नेकपा (एकीकृत समाजवादी)ले तिब्र गतिमा अगाडी बढाएको छ ।

बैतडीमा नेकपा (एकीकृत समाजवादी)ले जिल्लाका सबै स्थानीय तह तथा वडामा कमिटी गठन गर्ने अभियानको थालनी गरेको थियो ।

उक्त अभियान अन्तर्गत हालसम्म आठ स्थानीय तहमा कमिटी गठन गरिएको हो ।

पार्टीका जिल्ला अध्यक्ष महादेव भट्टका अनुसार अहिलेसम्म डिलाशैनी, सिगास, दोगडाकेदार, सुर्नया गाउँपालिका, पाटन, दशरथचन्द, मेलौली र पुर्चौंडी नगरपालिकामा पालिकास्तरीय कमिटी गठन गरिएको छ ।

डिलाशैनीमा दीपक धामीको अध्यक्षतामा ५१ सदस्यीय, सिगासमा खेमसिंह धामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ भने पाटन नगरपालिकामा लोकेन्द्र विष्टको अध्यक्षतामा ५५ सदस्यीय, दोगडाकेदारमा लक्ष्मीदत्त जोशीको अध्यक्षतामा ५१ सदस्यीय, सुर्नयामा दिनेशप्रसाद भट्टको अध्यक्षतामा ६५सदस्यीय, दशरथचन्दमा दिनेशसिंह ठगुन्नाको अध्यक्षतामा ७७ सदस्यीय, पुर्चौडीमा रमेश बोहराको अध्यक्षतामा ६१सदस्यीय, मेलौलीमा भीम भट्टको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो ।

बाँकी रहेका पालिकामा पनि मङ्सिर महिनाभित्र नेतृत्व चयन कार्य सम्पन्न गर्ने गरी कार्य अगाडी बढाईएको जिल्ला अध्यक्ष महादेव भट्टले बताएका छन् ।

गठन गरिएका सबै पालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयन गरिएको भट्टले बताएका छन् ।

एमालेसँग विभाजन भएपछि नेकपा एसले सङ्गठन विस्तारलाई ब्यापक तीव्रताका साथ अगाडी बढाएको छ ।

तीन महिनाको अभियान बनाएर संगठन बिस्तारमा होमिएको बैतडी जिल्ला कमिटीले उक्त समयमा सबै स्तरमा कमिटी गठन गरिने जनाइएको छ ।

सङ्गठन विस्तार पश्चात सङ्गठन सुदृढीकरण तथा चुनावको तयारीमा अघि बढ्ने दशरथचन्द नगरपालिकाका अध्यक्ष ठगुन्नाले बताए ।

एमाले रहँदा महादेव भट्ट अध्यक्ष रहेको १५१ सदस्यीय समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको थियो ।

बैतडीमा नेकपा एसको सङ्गठन विस्तार तिब्र गतिमा

प्रकाशित मिति:December 9, 2021