गाउँपालिका अध्यक्ष उपाध्यक्षबिच कुटाकुट: अध्यक्षको दात भांचियो

  Sampatti News

December 9, 2021

गाउँपालिका अध्यक्ष उपाध्यक्षबिच कुटाकुट: अध्यक्षको दात भांचियो

किसानका लागि अनुदान अन्तर्गतको गहुँको बिउ वितरण बारे छिन्नमस्ता गाउँ कार्यपालिका कार्यालयमा विवाद भएको छ ।

विवादमा दुई जन प्रतिनिधि बीच हात हालाहाल हुदा कुटाकुटको क्रममा अध्यक्षका दुई दाँत भाँचिएको बैठकमा सहभागी एक वडा अध्यक्षले बताएका छन् ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलको अगाडिका दुई दाँत झरेका हुन् ।

गहुँ बिउ वितरणको स्थान र प्रक्रियाबारे बैठकमा विवाद हुँदा अध्यक्षले आफूलाई अपशब्द प्रयोग गर्दै हात समाई अभद्र व्यवहार गरेपछि प्रतिकार गरेको उपाध्यक्ष उषाकुमारी मण्डलले बताइन् ।

मंगलबार कार्यपालिकाको बैठकमा भएको विवाद हात हालाहालको स्थितिमा पुगेको थियो ।

‘गाली गलौज गर्दै हात समाई साडी खोलिदिने भन्दै अभद्र व्यवहार गरेपछि प्रतिकार गरेकी हुँ,’ उपाध्यक्ष मण्डलले बताएकी छिन् । ‘आफ्नो इज्जत जोगाउन प्रतिकार गरेकी हुँ । त्यसक्रममा कता लाग्यो के भयो थाहा भएन ।’ उनिले भनिन् ।

उपाध्यक्षले अध्यक्षको आक्रमणबाट हातका चुरा फुटेको र चोट लागेको समेत बताएकी छन् ।

गाउँपालिका अध्यक्ष उपाध्यक्षबिच कुटाकुट: अध्यक्षको दात भांचियो

प्रकाशित मिति:December 9, 2021