तुल्सीभक्तले बनायो प्रहरीको उत्कृष्ठ प्रशासनिक भवन: महानिरीक्षकद्वारा उद्‍घाटन

  Sampatti News

December 9, 2021

तुल्सीभक्तले बनायो प्रहरीको उत्कृष्ठ प्रशासनिक भवन: महानिरीक्षकद्वारा उद्‍घाटन

काठमाडौं-प्रहरी प्रधान कार्यालय परिसर भित्र अहिलेसम्मकै उत्कृष्ठ कार्यालय भवनको उद्‍घाटन सम्पन्न भएको छ ।

तुल्सी भक्त कन्ट्रक्सनले गुणस्तरीयतालाई ख्याल गर्दै सरकारी भवन बनाउने निर्माण कम्पनी मध्य आफुलाइ यो भवन बनाएर अब्बल साबित गराएको छ ।

यो निर्माण भएको प्रहरी भवनलाई हेर्दा जो कोहिलाईपनि तुल्सी भक्त कन्ट्रक्सनले गुणस्तरीयतामा अन्य निर्माण कम्पनीलाई उछिनेर अगाडि बढेको बुझ्न गार्‍हो पर्दैन ।

नवनिर्मित प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आयोजित एक कार्यक्रमकाबीच नवनिर्मित कार्यालय भवनको उद्‍घाटन गर्नुभएको हो ।

उद्‍घाटन गर्नुपुर्व महानिरीक्षक थापाले उक्त भवन तथा कार्यालय कक्षहरुको निरीक्षण समेत गर्नुभएको थियो ।

प्रहरी महानिरीक्षक थापाले भवन निर्माण गर्ने तुलसीभक्त कन्स्ट्रक्सन प्रालिका म्यानेजिङ डाइरेक्टर नवराज श्रेष्ठ तथा भवन निर्माणमा खटिएका प्रहरी नायव उपरीक्षकद्वय सुन्दर लाखे र रोशन सारुलाई प्रशंसापत्र समेत प्रदान गर्नुभएको थियो ।

भवन निर्माणमा प्रत्यक्ष एवं अप्रत्यक्ष योगदान पुर्‍याउने व्यक्तिहरूप्रति आभार प्रकट गर्दै महानिरीक्षक थापाले नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्त भएको चर्चा समेत गर्नुभयो ।

प्रहरीको कार्य सम्पादनमा स्तर वृद्धिमा पनि प्रहरीको अत्याधुनिक नयाँ भवनले भुमिका खेल्ने महानिरीक्षक थापाको तर्क रहेको थियो ।

नवनिर्मित कार्यालय भवनमा कार्यरत रहने प्रहरी कर्मचारीहरूले भवनको अधिक्तम उपयोग हुनेगरी कार्यसम्पादन गर्न थापाले निर्देशन दिनुभयो ।

महानिरीक्षक थापाले भवनको आवश्यक मर्मत सम्भार एवं जगेर्नाको लागि क्रियाशील रहन समेत निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी उपरीक्षक ई.रामकुमार चौधरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कूल १६ करोड १९ लाख ६३ हजार ६ सय ३० रुपैयाँ ९२ पैसाको लागत

प्रतिवेदनमा उक्त भवन नेपाल प्रहरीको नियमित बजेटबाट निर्माण भएको उहाँले जानकारी दिनुभयो ।

कूल १६ करोड १९ लाख ६३ हजार ६ सय ३० रुपैयाँ ९२ पैसाको लागतमा उक्त ४ तले भवन निर्माणम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

प्रहरी प्रधान कार्यालय परिसरलाई आधुनिक एवम् व्यवस्थित बनाउनुका साथै सुरक्षित सेवा प्रवाह गर्ने हेतूले थप भौतिक पूर्वाधारहरु निर्माण गरिएको हो ।

नियो क्लासिकल डिजाईन प्ल्याटफर्ममा आधारित रही तयार गरिएको उक्त भवन भूकम्प प्रतिरोधात्मक संरचनामा रहेको छ ।

नवनिर्मित भवनमा प्रहरी निरीक्षणालय, सवारी महाशाखा, संचार निर्देशनालय, अन्वेषण योजना तथा विकास निर्देशनालय, सुरक्षा सेवा व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा लगायतका कार्यालयहरुबाट कार्य संचालन भइरहेको छ ।

उक्त कार्यालय भवनको वेसमेन्टमा २ वटा स्टोर रुमहरूको व्यवस्थापन सँगै दुई पाङ्ग्रे सवारी साधन पार्किङको व्यवस्था रहेको छ ।

वेसमेन्ट बाहेकको ४५ हजार ४ सय १३ वर्गफिटमा फैलिएको उक्त भवनमा कूल १ सय ४ वटा कार्यकक्षहरू, २० वटा शौचालय, ५ वटा चेन्जिङ रुम, ४ वटा स्टोर रुम, ११ वटा बैठक कक्ष र तालिम सञ्चालनको लागि २ वटा कक्षा कोठा रहेका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, राष्ट्रिय वाणिज्य बैंकका उच्च पदस्थ अधिकृत एवम् वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

तुल्सीभक्तले बनायो प्रहरीको उत्कृष्ठ प्रशासनिक भवन: महानिरीक्षकद्वारा उद्‍घाटन

प्रकाशित मिति:December 9, 2021