प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुन्छ भन्ने कुनै शंका नगर्न आग्रह : राज्यमन्त्री बाँस्कोटा

  Sampatti News

November 21, 2018

काठमाडौँ । नेपाल पत्रकार महासंघद्वारा आज आयोजित बधाई तथा शुभकामना कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्छ भन्ने कुनै शंका नगर्न आग्रह गरेका छन् ।

राज्यमन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक समय अनुसार बढाउँदै  लगिने र तोकिएको पारिश्रमिक कार्यान्वयन गर्न सरकार र सञ्चार गृह उत्तिकै जिम्मेवार  हुनुपर्ने बताए ।

बाँस्कोटाले आमसञ्चार माध्यमलाई नकारात्मक मात्रै समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै सञ्चार क्षेत्रमा के-के सुधारहरु आवस्यक छ ,यसका लागि लिखित सुझाव दिन पनि सम्बन्धित संघ÷संस्थालाई आग्रह गरेका छन्  ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन गर्न र  पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराई पत्रकारिताको चौतर्फी विकासका लागि  यस सरकारले अहम भूमिका खेल्ने बिस्वास व्यक्त गरे ।

यसैगरी महासंघका पूर्व अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारको पेशागत सुरक्षा र नियुयिक्तपत्रसँगै सञ्चारमा गरिएको लगानी पारदर्शी हुनुपर्ने बताए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपाल र नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले साना लगानीका सञ्चार माध्यमलाई बचाई राख्न समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । Fette sind die ester langkettiger carbonsäuren.

प्रकाशित मिति:November 21, 2018