अदालतभित्र भीषण बिस्फोट: दुईको मृत्यु

  Sampatti News

December 23, 2021

अदालतभित्र भीषण बिस्फोट: दुईको मृत्यु

एजेन्सी-भारतको पञ्जाबस्थित लुधियानामा बिहिबार अदालतमा भीषण बिस्फोट भएको छ ।

अदालको तेस्रो तलामा भएको बिस्फोट परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

बिस्फोटमा ४ जना गम्भीर रुपमा घाइते छन् ।

यो बिस्फोट तेस्रो तलमा कोर्ट नम्बर ९ नजिकै बाथरुममा भएको हो ।

बिस्फोट हुँदा अदालतको पूरा भवन हल्लिएको थियो ।

भवनका झ्यालकाम सिसा चर्किएका छन् भने पार्किङमा राखिएका कारमा समेत क्षती पुगेको छ ।

घटनास्थलमा उपस्थितले सिलिन्डर पड्किएको आशंका जताएका थिए ।

प्रहरी र प्रशासनका अधिकारीले हाल बिस्फोटबारे कुनै बयान दिएका छैैनन् ।

वकिलको हड्तालका कारण साधारण दिनको तुलनामा बिहिबार यहाँ कम भीड रहेको जनाईएको छ ।

अदालतभित्र भीषण बिस्फोट: दुईको मृत्यु

प्रकाशित मिति:December 23, 2021