पर्सा प्रशासनमा विद्युतीय राहदानीको आवेदन सुरु

  Sampatti News

December 24, 2021

वीरगञ्ज-जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीसँग विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन लिन सुरु गरेको छ ।

सेवाग्राहीले अनलाइनमार्फत भरिएको फारम लिएर जिल्ला प्रशासन कार्यालयमा स्वयं उपस्थित भई आवेदन दिनसक्ने गरी विद्युतीय राहदानीका लागि सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिइसकेका सेवाग्राहीले मात्रै विद्युतीय राहदानीका लागि आवेदन दिन सक्नेछन् ।

सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमा पुगेर आवेदन दिएपश्चात उक्त आधारमा तयार हुने विद्युतीय राहदानी निवेदन दिएको प्रशासन कार्यालयमार्फत केही सातापछि सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् ।

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार सेवाग्राहीले विद्युतीय राहदानी लिनका लागि सबै प्रक्रिया पूरा गरी आवेदन दिएमा नियमानुसार विद्युतीय राहदानी पाउने छन् ।

यसअगावैको जारी गरिँदै आएको मेसिन रिडेवल पासवर्ड (एमआरपी)भन्दा विद्युतीय राहदानी प्रभावकारी मानिन्छ ।

सेवाग्राहीले विद्युतीय राहदानीको आवेदनका लागि अनलाइन https://emrtds.nepalpassport.gov.np मार्फत फारम भरी जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गरेपश्चात केही सातापछि जिल्ला प्रशासन कार्यालयमार्फत विद्युतीय राहदानी पाउन सक्नेछन् ।

प्रकाशित मिति:December 24, 2021