सेयर कारोबार बन्द गर्न धितोपत्र बोर्ड सहमत

  Sampatti News

March 21, 2020

काठमाडौं । सेयर कारोबार केही समयको लागि बन्द गर्न सकिने धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताएका छन् ।
बिहीबार सरोकारवालाहरुले विज्ञप्ती निकाल्दै कोरोनाको त्रास रहुञ्जेल सेयर कारोबार बन्द गर्न माग गरेका थिए ।
यसैअनुरुप सेयर ब्रोकर संघ,लगानीकर्ताका संगठन तथा नेपाल स्टक एक्सचेन्जका प्रतिनिधिसँगको बैठकमा धितोपत्र बोर्डले कारोबार बन्द गर्न सहमत जनाएको हो ।

बोर्डका अध्यक्ष ढुंगानाले सबैको सुझावआएपछि सेयर कारोबार बन्द गर्न सकिने बताउँद कारोबार बन्द गर्ने निर्णय धितोपत्र बोर्डले लिने बताए ।


बोर्डले सेयर कारोबार बन्द गर्न निर्णय भने अर्थमन्त्रालयसँग रायपछि लिने छ । सरोकारवालसँग लिएको सुझावलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा अर्थमन्त्रालयसँग सुझाव लिएर मात्र निर्णय गरिने बोर्डले जनाएको छ ।

बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले बजारलाई निश्चित समयसम्म बन्द गर्ने माग आएको र मन्त्रालयसँग राय लिएर निर्णय लिइने बताए ।

प्रकाशित मिति:March 21, 2020