नेप्सेमा ६०.४१ अङ्कको वृद्धि

  Sampatti News

January 2, 2022

नेप्सेमा ६०.४१ अङ्कको वृद्धि

काठमाडौँ-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ ।

लामो बिदापछि आज खुलेको बजारमा नेप्से परिसूचक ६०.४१ अङ्कले बढेर दुई हजार ५८४.९१ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७७ अङ्कले बढेर ४८२.०१ मा पुगेको छ ।

कारोबार भएका कूल २४० कम्पनीमध्ये आज १९२ कम्पनीको शेयर उकालो लाग्दा ३२ कम्पनीको शेयर ओरालो लाग्यो भने १२ कम्पनीको शेयर मूल्यस्थिर रह्यो ।

कूल ७१ लाख ६० हजार ९८३ कित्ता शेयर रु चार अर्ब १२ करोड ६९ लाख ८० हजार ६७ मूल्यमा कारोबार भयो ।

नेप्सेका अनुसार आज सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर उकालो लाग्यो ।

कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको रु ४४ करोड ९४ लाख दुई हजार ५९१ बराबरको कारोबार भयो ।

नबिल बैंक रु २९ करोड ७० लाख ४९ हजार २९८, शिवम् सिमेन्ट रु २३ करोड ४९ लाख ८१ हजार ६७८ को कारोबार भयो ।

नेपाल बङ्गलादेश बैंक रु १८ करोड ९२ लाख १५ हजार ८२७ र अपि पावर कम्पनी रु १७ करोड ३७ लाख चार हजार ३०० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार हिमालयन डिस्टिलरी ९.९९, मध्यभोटेकोशी जलविद्युत् कम्पनी ९.९७, सूर्य लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.२९ प्रतिशतले कमाए ।

कर्पोरेट डेभलपमेन्ट बैंक ७.७० र किसान लघुवित्तका लगानीकर्ताले ७.३८ प्रतिशतले कमाए ।

गुर्खाज फाइनान्स ५ं१२, नबिल इक्विटी फण्ड ३.६८, मञ्जुश्री फाइनान्स ३.०९, नबिल डिवेञ्चर २.९१ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले २.१२ प्रतिशतले गुमाए ।

आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ५१ अर्ब ३४ करोड ८२ लाख २४ हजार ८०४ बराबर पुगेको छ ।

नेप्सेमा ६०.४१ अङ्कको वृद्धि

प्रकाशित मिति:January 2, 2022