नेप्से ३२.०३ अंक बढेर २६ सय माथि

  Sampatti News

January 3, 2022

नेप्से ३२.०३ अंक बढेर २६ सय माथि

काठमाडौं-शेयर कारोबार मापक नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिनदेखि उकालो लागेको छ ।

यस साताको दोस्रो कारोबारमा नेप्से २६ सय अंक माथि पुगेर बन्द भएको छ।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३२.०३ अंक बढेर २६१६.९४ विन्दुमा पुगेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ५.८६ अंक, फ्लोट इण्डेक्स २.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २।४९ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ।

अघिल्लो कारोबार दिन १ अर्ब १२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३० कम्पनीको ५४ हजार ५०५ पटकको कारोबारमा ४ अर्ब ५३ करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको ८२ लाख ५ हजार कित्ता शेयर कारोबार भएको छ।

सोमबार धेरे शेयर मूल्य बढ्ने कम्पनीहरूमा मध्य भोटेकोशी हाइड्रोपावर, गुराँस लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशन, एनआई एशिया लघुवित्त, फ्रस्ट माइक्रोफाइनान्सलगायत शेयर मूल्य बढेको छ ।

भोटेकोशी हाइड्रोपावर र गुराँस लघुवित्तको शेयर मूल्य सोमबार १० प्रतिशतले बढेको छ ।

धेरै घट्ने कम्पनीहरूमा नेपाल बंगलादेश बैंक, तेह्रथुम पावर कम्पनी, युनाइटेड इन्स्यारेन्स, रुरु जलविद्युत् कम्पनीलगायत छन् ।

नबिल बैंकसँग मर्जरको चर्चाका कारण केही दिन अघिदेखि शेयर मूल्य बढिरहेको नेपाल बंगलादेश बैंक सोमबार सबैभन्दा धेरै घट्नेको पहिलो नम्बरमा देखिएको छ ।

सोमबार १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूह बाहेक अन्य सबै उपसमूहको परिसूचक बढेको छ ।

जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.०४ प्रतिशत बढेको छ ।

त्यसैगरी, यस दिन लघुवित्त र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

बैंकिङ्ग, विकास बैंक, लगानी र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूच कभने ०.०३ प्रतिशत घटेको छ।

नेप्से ३२.०३ अंक बढेर २६ सय माथि

प्रकाशित मिति:January 3, 2022