अडियो रेकर्ड झुट बताउँदै कारवाहिको मागः नर्भिक हस्पीटल

  Sampatti News

March 21, 2020

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा आजसम्म कनै पनि बिरामीमा कोरोना संक्रमण नभएकोे बताएको छ ।


शनिबार बिहानै विभिन्न सामाजिक सञ्जालमा नर्भिकमा ७ जना कोरोना संक्रमित रहेको हल्लाफैलिएपछि हस्पिटलले विज्ञप्ती निकाल्दै समाचार झुट रहेको स्पष्टिकरण दिएको छ ।


सामाजिक सन्जालमा भाइरल भएको अडियो झुट रहेको भन्दै नर्भिक अस्पतालले अहिलेसम्म कोरोनाका बिरामी फेला नपरेको स्पष्ट पारेको छ ।


अस्पतालले जारी गरेको विज्ञप्तीमा ‘हालसम्म नर्भिकमा कोभिड(१९ का कुनै पनि बिरामी पत्ता लागेका छैनन्, यसमा हामी सबै निश्चिन्त र प्रष्ट हुनुपर्छ,’ भनेर उल्लेख गरेको छ ।


अस्पतालले समाचार झुट रहेको बताउँदै यस्ता झुट र भ्रामक समाचार फैलाउनेलाई कारबाही गर्न समेते माग गरेको छ ।

प्रकाशित मिति:March 21, 2020