नेप्सेमा करेक्सन

  Sampatti News

January 5, 2022

नेप्सेमा करेक्सन

काठमाडौँ-चार दिन देखी लगातार उकालो लागेको शेयर बजार आज थमिएको छ ।

बुधबार नेप्से परिसूचक ३०.७५ अंकले घटेर करेक्सनमा गएको हो।

नेप्सेमा आज ३०.७५ अंकको गिरावट हुँदा २६४९.२० अंकमा बन्द भएको छ ।

बजार परिसूचक नेप्से १.१५ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर र वित्त कम्पनीबाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.५२ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक २.२१ प्रतिशत, विकास बैंक उपसूचक १.७१ प्रतिशत, व्यापार उपसूचक १.७४ प्रतिशत र लघुवित्त उपसूचक पनि २.१ प्रतिशतले घटेको छ ।

सूचक ओरालो लागेपनि यस दिन कारोबार रकम भने बढेको छ ।

यस दिन २३६ कम्पनीको ५८ हजार ५७२ पटकको कारोबारमा ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार रुपैयाँ बराबरको ९५ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज कारोबार भएकोमध्ये मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमुल्य ९.९६ प्रतिशतले वृद्धि हुँदा छ्याङदी हाइड्रोपावरको ५.४९ प्रतिशत र तेह्रथुम पावरको ५.४० प्रतिशतले बढेको छ ।

यता विजय लघुवित्तको सेयरमूल्य ४.५५ प्रतिशतले गिरावट हुँदा फर्स्ट माइक्रोफाइनान्सको ४.३२ प्रतिशत र किसान लघुवित्तको ४.२९ प्रतिशतले बढेको छ ।

बुधबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक मात्र बढेका छन् भने बाँकी ११ उपसमूहको परिसूचक घटेका छन् ।

यस दिन जलविद्युत उपसमूहको परिसूचक ०.४९ प्रतिशत र वित्त उपसमूहका परिसूचक ०.१० प्रतिशत बढेको छ ।

यस दिन लघुवित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

त्यसैगरी, यस दिन बैंकिङ्ग, विकास बैंक, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्सेमा करेक्सन

प्रकाशित मिति:January 5, 2022