उपत्यकाका ५ ठाउँमा सुपथ मूल्य पसल

  Sampatti News

March 21, 2020

काठमाडौँ । सरकारले शुक्रबारदेखि काभ्रेको बनेपासहित उपत्यकाका ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।


विश्वव्यापी रुपमा फैलिएको कोरोनाको प्रभालाई मध्येनजर गर्दै बनेपा, भक्तपुर (सूर्य्विनायक), जडिबुटी (कोटेश्वर), कालीमाटी तथा सतुंगलमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ ।


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका अनुसार सुपथ मूल्य पसलबाट बजारमा अभाव भएका अत्यावश्यक आवश्यकताका वस्तु बिक्री गर्ने गरी सुफत मूल्य पसल खोलिएको हो ।

कोरोनाको प्रकोपबाट जोगिन मास्क, स्यानिटाइजरका अतिरिक्त इन्डक्सन चुल्हो तथा अन्य दैनिक आवश्यकताका वस्तु लगायतका समाग्री सुपथ मूल्य पसलबाट बिक्री हुने उनले बताए ।


आइतबारदेखि घुम्ती सेवामा पनि उपलब्ध हुने साल्ट ट्रेडिङले जनाएको छ । साल्ट ट्रेडिङकी महाप्रबन्धक उर्मिला श्रेष्ठले आइतबार देखि ललितपुरको जाउलाखेलमा पनि सुपथ मूल्य पसल सञ्चालन गरिने बताइन् ।

प्रकाशित मिति:March 21, 2020