क्यासिनोलाई दस्तुर बुझाउन पर्यटन विभागको निर्देशन

  Sampatti News

January 7, 2022

क्यासिनोलाई दस्तुर बुझाउन पर्यटन विभागको निर्देशन

काठमाडौँ-क्यासिनो कम्पनीलाई यही पुस मसान्तभित्र पर्यटन विभागले सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन दिएको छ ।

सलामी र नवीकरण दस्तुर नबुझाउने १० क्यासिनो कम्पनीलाई यही मसान्तभित्र उक्त रकम बुझाउन विभागले आज सार्वजनिक सूचना जारी गर्दै समयावधि तोकेको हो ।

विभागले क्यासिनो नियमावली, २०७० अनुरुप सञ्चालित कम्पनीहरुले आव. २०७७/०७८ को इजाजत पत्र नवीकरण दस्तुर र आब। २०७८/०८९ को लागि तोकिएको रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर अविलम्ब दाखिला गर्न अनुरोध गरेको छ ।

आब २०७६/०७७ सम्म नियमित रुपमा रोयल्टी रकम दाखिला गरेको र नवीकरणका लागि २०७८ पुस समान्तभित्र दाखिला नगरेमा आर्थिक ऐन, २०७८ को दफा १६ (४) बमोजिम थप शुल्क तथा वार्षिक थप शुल्क लाग्ने छ ।

क्यासिनो नियमावलीमा व्यवस्था भएबमोजिम समयमा नवीकरण नभएका कम्पनीको हकमा इजाजत पत्र रद्द हुने विभागले स्पष्ट पारेको छ ।

रोयल्टी र नवीकरण दस्तुर नबुझाउने कम्पनीहरुमा होटल डेला अन्नपूर्णको एटलान्टिक रिक्रिययसन, मल्ल होटल परिसरको बेल्लिज नेपाल र एभरेष्ट हस्पिटालिटी एन्ण्ड होटलको डेल्टइन नेपाल प्रा.लि. होटल सांग्रीलाको एसएचएल म्यानेजमेन्ट सर्भिसेस प्रा.लि., तारागाउँ रिजेन्सी होटल परिसरको प्राइड इन्टरटेनमेन्ट छन् ।

त्यस्तै बाराको इच्चा होटलमा रहेको स्माइल कलेक्सन, होटल सोल्टी थिवक्रिम होटेल्स तथा रिसोर्टस् काँकेको इम्पेरियल इन्टरनेश्नल होटल टाइगर रुपन्देहिको एसएचएल म्यानेजमेन्ट सर्भिसेज, भ्यू होटल सिद्धार्थ परिवारले चलाएको ज्याकपट गेमिङ सेन्टर, र काठमाडौँको सोल्टी होटलमा सञ्चालित माजोङ इन्टरटेनमेन्ट प्रा.लि छन् ।

क्यासिनोलाई दस्तुर बुझाउन पर्यटन विभागको निर्देशन

प्रकाशित मिति:January 7, 2022