नेप्सेको सिइओ छनोटका लागि पाँच जनाको नाम सर्टलिस्टमा

  Sampatti News

January 7, 2022

नेप्सेको सिइओ छनोटका लागि पाँच जनाको नाम सर्टलिस्टमा

काठमाडौँ-नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोटका लागि सर्टलिस्टेड भएको छ ।

सिइओ बन्नका लागि ११ जनाले आवेदन परेकोमा ति मध्य ५ जनाको नाम सर्टलिस्टेड गरिएको हो ।

सर्टलिस्टेड गरिएका ५ जनालाई आइतबार अन्तरवार्ताका लागि बोलाइएको छ ।

छनोट समितिले आवेदन दिएकाहरु मध्येबाट कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. रमेश भण्डारीको नाम सर्टलिस्टमा परेको हो ।

नेप्सेका तत्कालीन सिइओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएसँगै लामो समयदेखी नेप्से नेतृत्व बिहिन रहेको छ ।

नेप्सेमा सिइओ नियुक्ति प्रक्रिया अघि बढ्न नसक्दा प्राथमिक शेयर लगायत थुप्रैकार्य रोकिएका छन्

अब भने नियुक्ति प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने अर्थ मन्त्रालयले जनाएको छ ।

नेप्सेको सिइओ छनोटका लागि पाँच जनाको नाम सर्टलिस्टमा

प्रकाशित मिति:January 7, 2022