६ सचिवको सरुवा दुईकाे दरबन्दी थप

  Sampatti News

January 9, 2022

६ सचिवको सरुवा दुईकाे दरबन्दी थप

काठमाडाैँ-मन्त्रिपरिषद्को बैठकले ६ जना सचिवको सरुवा गरेको छ ।

साथै दुई जना सचिवको दरबन्दी थप्ने सामान्य प्रशासनको प्रस्तावलाई स्वीकृत गरेको छ ।

गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ६ जना सचिवको सरुवाका साथैं दुई सचिबको दरबन्दी थप गर्ने निर्णय गरेको हो ।

बैठकले यामकुमारी खतिवडा,दिनेश घिमिरे,सुशील तिवारी, खगेन्द्र नेपाल,किरण शर्मा,हरिप्रसाद मैनाली,मधुसुदन बुर्लाकोटीकाे सरुवा गरेकाे हाे ।

लामो समय उद्योग मन्त्रालयको सचिव हुँदै महिला बालबालिका मन्त्रालयमा कार्यरत यामकुमारी खतिवडालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ ।

खतिवडाको ठाउँमा प्रदेश २ का प्रमुख सचिव हरिप्रसाद मैनालीलाई तानिएको छ ।

प्रदेश २ सरकारको प्रमुख सचिवमा भर्खरै सचिव बढुवा भएका कृष्णवहादुर राउतलाई पठाइएको छ ।

यस्तै हालै खारेजीमा परेको राष्ट्रिय पुनर्निमाण प्राधिकारका सचिव सुशीलचन्द्र तिवारीको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएकाे छ ।

राष्ट्रिय सतर्कता केन्द्रमा रहेका सचिव दिनेश घिमिरेलाई उर्जा आयोजनाको सचिवको रुपमा खटाइएको छ ।

यस्तै रिक्त रहेको रक्षा मन्त्रालयको सचिवमा वागमती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मालाई ल्याइएको छ ।

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा तानिएको छ ।

सरकारले थप गरेकाे दुई सचिवको दरबन्दी प्रम कार्यालयमै राखेर खगेन्द्र प्रसाद नेपाल र रमेश प्रसाद सिंहलाई प्रम कार्यालयमा खटाइएको छ ।

६ सचिवको सरुवा दुईकाे दरबन्दी थप

प्रकाशित मिति:January 9, 2022