कृषि अर्थशास्त्र समाजको अध्यक्षमा कार्कीकाे पुनरागमन

  Sampatti News

January 9, 2022

कृषि अर्थशास्त्र समाजको अध्यक्षमा कार्कीकाे पुनरागमन

काठमाडौं-नेपाल कृषि अर्थशास्त्र समाजको अध्यक्षमा पुनरागमन भएकाे छ ।

नेपाल कृषि अर्थशास्त्र समाजको पन्ध्रौ बार्षिक साधारणसभाले पुनः डा.योगेन्द्रकुमार कार्कीलाइ दाेस्राे कार्यकालका लागी अध्यक्षमा चयन गरेकाे हाे ।

यसअघि पनि समाजको अध्यक्षमा निर्वाचित भएका कार्की पुनः समाजको पन्ध्रौ बार्षिक साधारणसभाबाट दाेस्राे कार्यकालकालागी निर्वाचित भएका हुन् ।

समाजको नयाँ कार्यसमिति उपाध्यक्षमा रामप्रसाद पुलामी, महासचिवमा डा. देवेन्द्र गौँचन र कोषाध्यक्षमा सिर्जना तिमल्सिना चयन भएका छन् ।

त्यस्तै, समाजको निर्देशकमा डा. कृष्णप्रसाद तिमल्सिना, डा. महाविर पौडेल र डा. श्रषिराज कट्टेल चयन भएका छन् ।

समाजको सदस्यमा चारजनासमेत चयन भएका छन् । नयाँ कार्यसमितिले आगामी तीन बर्ष काम गर्नेछ ।

कृषि अर्थशास्त्र समाजको अध्यक्षमा कार्कीकाे पुनरागमन

प्रकाशित मिति:January 9, 2022