बढुवाका लागि तीन सहसचिवको नाम सिफारिसमा

  Sampatti News

January 12, 2022

बढुवाका लागि तीन सहसचिवको नाम सिफारिसमा

काठमाडौँ-एक सचिव(विशिष्ट श्रेणी) पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम बढुवा सिफारिस समितिले सिफारिस गरेको छ ।

सिफारिस समितिको बैठकले सहसचिवत्रय रामेश्वर दंगाल, मुकुन्द प्रसाद निरौला र शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार बढुवा सिफारिस समितिकाे बैठक बसेको थियाे ।

अब बस्ने मन्त्रिपरिषद्को बैठकले तीन जनामध्ये एकलाई सचिवमा बढुवा गर्ने बताइएकाे छ ।

गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन र प्राविधिक तर्फ एक–एक गरी दुई सचिव पद थप गरेको थियो ।

बढुवाका लागि तीन सहसचिवको नाम सिफारिसमा

प्रकाशित मिति:January 12, 2022