ज्याकमाले नेपालसहित नौ मुलुकलाई स्वास्थ्य सामग्री उपलब्ध बनाउने

  Sampatti News

March 22, 2020

काठमाडौँ । चिनियाँ अरबपति ज्याकमाले नेपाल लगायत नौवटा एशियाली मुलुकलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध बनाउने घोषणा गरेका छन् ।


प्रख्यात ईकमर्स प्लेटफर्म अलिबाबाका संस्थापक समेत रहेका ज्याक मालेले विश्वव्यापी रुपमा फैलिएको कोरोनाको नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने कुरा ट्वीटर द्धारा घोषणा गरेका हुन् ।


सामाजिक कार्यमा समेत अग्रसर रहेका ज्याकमाले शनिवार बिहान एउटा ट्वीट गर्दै १८ लाख मास्क, २ लाख १० हजार टेस्ट किट, ३६ हजार सुरक्षित पोसाक (प्रोटेक्टिभ सुट), केही भेन्टिलेटर र थर्मो्मिटर दिने उल्लेख गरेका छन् ।

यो चाँडै पुर्याउन सहज नभएपनि प्रतिबद्धता पुरा गर्ने उनले बताएका छन् । उनले ट्वीटमा ‘यो चाँडै र्पुयाउन सहज छैन। तर हामीले यो सम्पन्न गर्ने छौँ,’भनि लेखेका छन् ।


सहयोग दिइने मुलुकमा अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, लाओस, माल्दि, म्यान्मार, पाकिस्तान र श्रीलङ्का पर्दछन तर ट्वीटमा कुन मुलुकलाई कुन सामान कति परिमाणमा दिइने हो भन्ने कुरा भने ट्वीटमा खुलाइएको छैन ।

प्रकाशित मिति:March 22, 2020