मेडिकल काउन्सिलको नियमित सेवामा ढिलाइ हुने

  Sampatti News

January 12, 2022

मेडिकल काउन्सिलको नियमित सेवामा ढिलाइ हुने

काठमाडौँ-नेपाल मेडिकल काउन्सिलले आफ्ना नियमित सेवामा केही ढिलाई हुने बताउदै बिज्ञप्ती जारी गरेको छ ।

काउन्सिलका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नियमित सेवामा प्रभाव पर्ने देखिएको हो ।

मेडिकल काउन्सिलले जारी गरेको बिज्ञप्ती अनुसार अधिकांश कर्मचारीका साथै पदाधिकारीहरुमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

आज एक सूचना जारी गर्दे काउन्सिलले आगामी १० दिनसम्मका लागि काउन्सिलले प्रदान गर्ने नियमित सेवामा केही ढिलाइ हुने जनाएको छ ।

प्रकाशित मिति:January 12, 2022