‘ओके छ त’ सार्वजनिक

  Sampatti News

January 14, 2022

गायक विजय शङ्खरको ‘ओके छ त’ शीर्षकको साङ्गीतिक सौगात सार्वजनिक भएको छ ।

यस गीतमा उहाँलाई गायिका सुदिता राईले स्वरमा साथ दिनुभएको छ ।

युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीत गायक शङ्खर र मुनाल शिशिर कोइरालाले संयुक्तरुपमा लेख्नुभएको हो ।

दीपकराज विश्वकर्माको सङ्गीत रहेको गीतमा कुशल सिंहले सङ्गीत संयोजन गर्नुभएको छ ।

ललितपुरको गोदावरीमा छायाङ्कन गरिएको उक्त गीतमा स्रव्यदृश्य उत्तम हुमागाईंले, सम्पादन शिलन लम्सालले,कोरियोग्राफी सुरेन्द्र बसेलले र अभिनय सुधिर श्रेष्ठ तथा सुनिशा बजगाईले गर्नुभएको छ ।

गायक कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ड्याडी एण्ड डटर्स’ नामक च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गायक शङ्खरले केही समय अघि ‘माया बैगुनी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको थियो ।

प्रकाशित मिति:January 14, 2022