प्रदेश २ को राजधानी जनकपुरधाम: नामका लागि गोप्य मतदान जारी

  Sampatti News

January 17, 2022

प्रदेश २ को राजधानी जनकपुरधाम: नामका लागि गोप्य मतदान जारी

काठमाडौं-प्रदेश नम्बर २ को स्थायी राजधानी ‘जनकपुरधाम’ कायम गर्ने प्रस्ताब दुइतिहाई मतबाट पारित भएको छ ।

लामो समयको रस्साकस्सी पछी आजको प्रदेशसभाको बैठकले दुइतिहाई मतसहित प्रदेशको स्थायी राजधानी ‘जनकपुरधाम’ चयन गरेको हो ।

प्रदेशको राजधानी जनकपुरधाम तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ जना सांसद सहभागी भएका थिए ।

जसमध्ये ७८ जना सांसदले राजधानी जनकपुरधाम तोक्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

प्रस्ताव अन्तर्गत प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएको जनकपुरधाम रहने उल्लेख छ ।

प्रदेश २ को राजधानी टुंगो लागेसँगै अहिले प्रदेश नम्बर २ को नामका लागि गोप्य मतदान शुरु भएको छ ।

प्रदेश २ को राजधानी जनकपुरधाम: नामका लागि गोप्य मतदान जारी

प्रकाशित मिति:January 17, 2022