नयाँ रक्षा सचिव शर्माको पद बहाली

  Sampatti News

January 17, 2022

नयाँ रक्षा सचिव किरणराज शर्माले सिंहदरबास्थित रक्षा मन्त्रालयमा आज पदबहाली गर्नुभएको छ ।

मन्त्रालयमा उहाँलाई सहसचिव बाबुराम अधिकारीलगायत कर्मचारीले स्वागत गर्नुभयो ।

सरकारले केही दिनअघि उहाँलाई बागमती प्रदेशको प्रमुख सचिवबाट रक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।

यसअघिका रक्षा सचिव वेगेन्द्रराज शर्मा पौड्याल पुस १४ गतेदखि सेवा निवृत्त भएपछि मन्त्रालयमा सचिव पद खाली थियो ।

यसबीचमा सहसचिव अधिकारीले निमित्त सचिवका रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।

यसैबीच, प्रधानसेनापति प्रभुराम शर्माले नयाँ रक्षा सचिव शर्मालाई आजै भेटेर बधाई ज्ञापन गर्नुभएको छ ।

प्रकाशित मिति:January 17, 2022