शेयर बजार खुल्लाः कारोबार सुरु

  Sampatti News

March 22, 2020

अहिले शेयर बजार खुल्ला भएर कारोबार भैरहेको छ ।


आजबाट बन्द हुने भनिएको शेयरबजार अहिले खुल्ला भएर कोरोबार सुरु भईरहेको छ ।


आइतबार बिहान शेयर बजार बन्द गर्न आग्रह गर्दै लगानीकर्ताहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यलय पुगेका थिए । तर, सरकारको स्पष्ट निर्देशन नआएको भन्दै नेप्सेले बजार खुल्ला गरेको हो ।


बोर्डले गत हप्ता ब्रोक्रर कार्यलय भिडभाड नगर्ने, ब्रोक्ररमा नेप्सेको स्क्रीन बन्द गर्न लगायतका बिषयमा ५ बुँदे सुचना जारी गरेको हो ।

कारोबार बन्द र्गे बिषयमा बोर्डका अध्यक्ष भिष्मराज ढुंगना अर्थ मन्त्रालयसम्म छलफल गर्न पुगेका थिए । तर, सरकारबाट त्यस बिषयमा स्पष्ट निर्णय आउन सकेको छैन । यसैकारण शेयरकारोबार बन्द भएको छैन ।

प्रकाशित मिति:March 22, 2020