ह्वात्तै घटायो यती एअरलाइन्सले टिकट मूल्य

  Sampatti News

March 23, 2020

काठमाडौँ । यति एअरलाइन्सले टिकटको मूल्य घटाएको छ ।


विश्वव्यापी फैलिएको कोरोनाको त्रासको कारण काठमाडौँ बाहिर जाने यात्रुहरुको सहजताका लागि यती एअरलाइन्सले आफ्नो टिकट दर घटाएको हो ।


यती एअरलाइन्ले काठमाडौदेखि भद्रभुर ६ हजार २ सय, विराटनगरसम्म ५ हजार ५ सय, भैरहवासम्को लागि ४ हजार ९सय भाडा दर निर्धारण गरेको छ ।


यसैगरी काठमाडौँ देखि नेपालगञ्जको लागि टिकटदर ६ हजार ३ सय र पोखरासम्मको ३ हजार ७ सय निर्धारण गरेको छ ।


एअरलाइन्सले विशेष अवस्थामा प्राथमिकताका आधारमा निधारित मूल्य भन्द कम मूल्यमा पनि टिकटहरु खरिद गर्न मिल्ने जनाएको छ ।


यो नियम सोमबारबार देखि चैत २१ गते सम्म लागु हुने छ ।

प्रकाशित मिति:March 23, 2020