अब देशभरका विद्यालय भवनहरु पहेंलो रंगले रंग्याउनुपर्ने

  Sampatti News

November 21, 2018

काठमाडौं । शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यालयहरुलाई ‘कलर कोड’ प्रयोग गर्न परिपत्र गरेसंगै अब देशभरका विद्यालय भवनहरु पहेंलो रंगले रंग्याउनुपर्ने भएको छ । विद्यालयको मुख्य भवन, शौचालय लगायत सबै प्रकारका भौतिक पूर्वाधारमा पहेंलो रंग लगाउन शिक्षा विभागले निर्देशन दिएको हो ।

यसअघि  विद्यालयका बसहरु पनि पहेंलो रंगको हुनुपर्ने नियम सरकारले बनाएको थियो । अब अहिले आएर विद्यालयको मुख्य भवन, शौचालय लगायत सबै प्रकारका भौतिक पूर्वाधारमा पनि पहेंलो रंग लगाउनु पर्ने भएको छ ।

शिक्षा विभागका प्रवक्ता केशवप्रसाद दाहालले पहेंलो रंग वुद्धिजिवीलाई मन पर्ने र उज्यालो पनि  हुने भएकाले यसको प्रयोग गर्न निर्देशन दिइएको जानकारी दिए ।

यसैगरी विद्यालय भवनको छानो रातो रंगको टेराकोटा टाइल वा स्लेट,झ्याल र ढोकाको चौकोस तथा खापा सेतो वा गाढा खैरो,कक्षा कोठाका भित्ता क्रिम वा आईभोरी रंगको, सिलिङ, सभाकक्ष, करीडोर र भर्‍याङको भित्ताको माथिल्लो भागमा सेतो र तल्लो भागमा खैरो रंगको प्रयोग गर्नुपर्ने जनाइएको छ Juni 1794 die immunität der abgeordneten in frage gestellt wurde, spitzte sich die situation zu.

प्रकाशित मिति:November 21, 2018