सरकाले गर्यो हवाई टिकटमूल्य निर्धारणःकहाँसम्मको कति ?

  Sampatti News

March 23, 2020

काठमाडौँ । आन्तरिक हवाई सञ्चालनको लागि सरकारले टिकटदर निर्धारण गरेको छ ।


कोरोनाको प्रभाव हुँदासम्मको लागि सरकारले नयाँ टिकटमूल्य निर्धारण गरेको हो ।


आन्तरिक हवाई भाडाका विषयमा केही दिन अगाडि हवाइ सञ्चालकहरुले भाडा महँगो लिएका थिए । यस्तै गुनासाहरूलाई मध्यनजर संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले सञ्चालकसँग छलफल गरी नयाँ भाडादर निर्धारण गरेका हुन् ।


निर्णय अनुसार काठमाडौँबाट विराटनगरसम्म ५ हजार ५ सय, भैरहवा सम्मको ४ हजार ९ सय, नेपालगञ्जसम्म ६ हजार ३ सय, भद्रपुरसम्मको लागि ६ हजार २ सय कायम भएको छ ।


यस्तै काठमाडौँदेखि धनगढीसम्मको ७ हजार ९ सय, पोखरासम्म ३ हजार ७ सय र राजविराजसम्मको भाग ४ हजार २ सय भाडा निर्धारण भएको छ ।


यो भाडादर लामो दूरीका बस नचल्ने समयसम्मको लागि लागू हुनेछ ।

यो पनि पढ्नुहोस् ,ह्वात्तै घटायो यती एअरलान्सले हवाइ टिकट दर

https://www.sampattinews.com/?p=1629

प्रकाशित मिति:March 23, 2020