दूरसंचार प्राधिकरणको परियोजनामा ठूलो अनियमितता

  Sampatti News

March 23, 2020

काठमाडौँ । नेपाल दुरसंचार प्राधिकरणले ग्रामीण दुरसंचार कोषअन्तर्गत निम्न पाँच जिल्लाहरु दाङ, बाँके, बर्दिया, कैलालि र कञ्चनपुरका सार्वजनिक स्थलहरुमा निःशुल्क इन्टर्नेट पुर्याउने योजना रहेको थियो ।

यसै अनुसार पहिलो पटक सुचना प्रकाशित गर्दा क्लाशिकटेक भन्ने कम्पनीले १०० कारोडको परियोजना करिव ३० करोडमा वोलकवोल अरु कम्पनी भन्दा कममा स्विकार गरेको थियो । पछि उक्त टेन्डर रद्द गरि पुनः दोस्रो पटक सुचना प्रकाशित गरेर टेन्डर आह्वान गरिएको थियोे । दास्रो पटक वर्डलिंक कम्पनीले १०० करोडको परियोजना रु.करिव ९० करोडमा अन्य कम्पनी भन्दा कम दरमा स्विकार गरेको थियो । तर, दुरसंचारले फेरी टेन्डर रद्द गर्यो । तेस्रो पटक पुनः वोलपत्र आहवानको सुचान प्रकाशित गरियो ।


टेकमाइण्ड भन्ने कम्पनीले यस टेण्डर प्रक्रियामा रु. करिव ९१ करोड मा स्वीकार गरि वल्र्डलिंक भन्दा एक करोड महँगो वोलकवोल गरेको थियो । तर कम्पनीले सार्वजनिक खरीद अनुगमन कार्यालयमा निवेदन दिइ सार्वजनिक खरिद अनुगमन कार्यलय वाट सो परीयोजना रोक्न आदेश दियो । कम्पनीको आदेश अनुसार हाल टेण्डर प्रक्रिया नै स्थगित भएको छ । यसर्थमा यस टेण्डर प्रक्रियामा धेरै विवाद तथा चलखेल भएकोछ ।

प्रकाशित मिति:March 23, 2020