फ्रान्सबाट फर्किएका १ नेपालीमा कोरोना देखियो

  Sampatti News

March 23, 2020

काठमाडौँ । फ्रान्सबाट फर्किएका एक नेपालीमा कोरोना संक्रमण भएको पाइएको छ ।

चैत ४ गते फ्रान्सबाट फर्किएका १९ बर्षिया बिद्यार्थीमा कोरोना भाइरसको संक्रमण पाइएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै फ्रान्सनबाट फर्किएका एक जनामा कोरोना पोजिटभ भएको जानकारी दिएको छ ।


टेकुको केन्द्रीय प्रयोगशालाको परीक्षणमा संक्रमण पोजेटिभ पाइएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन् ।


ती युवाको आइसोलेसनमा राखेर शुक्रराज ट्रपिक सरुवा रोग अस्पतालमा उपचार भैरहेको डा देवकोटाले जानकारी गराएका छन् । १९ वर्षीय युवतीका परिवारलाई पनि निगरानीमा राखेर नमुना परीक्षण गराउने तयारी भैरहेको समेत बताए ।

प्रकाशित मिति:March 23, 2020