सानिमा बैंकको ४ नया शाखाको

  Sampatti News

November 21, 2018

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो नया शाखा विस्तार गर्ने क्रममा थप ४ वटा नयाँ शाखा स्थापना गरेको छ । पोखराको अमरसिंह, बगर र बिरौटा तथा दाङको तुलसीपुरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

ब्रान्ड प्रवन्धक मह जोडी अर्थात् कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट नया शाखाको उद्घाटन भएको थियो । नया शाखा मध्य आइतबार पोखरा र सोमबार  दाङमा मह जोडी तथा सानिमा बैंक लिमिटेडका अध्यक्ष विनय कुमार श्रेष्ठको उपस्थितिमा उद्घाटन भएको छ।

बैंकले मुलुकभर ५१ शाखा, ६० एटिएम र १ एक्सटेन्सन काउन्टरबाट सेवा दिदै आएको छ ।

De – das forum für studenten zahnbleaching studentenseite.

प्रकाशित मिति:November 21, 2018