अब अनलाइनबाट घरमै बसेर शेयर आबेदन दिन पाइने

  Sampatti News

November 21, 2018

अब शेयर आबेदन दिनको लागि लगानीकर्तालाई सरल हुने भएको छ । अब घरै बसी आइपिओ, एफपिओ तथा हकप्रद शेयरमा आवेदन दिन सकिने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले ल्याएको सि-आश्वा प्रणाली पूर्ण रुपमा कार्यन्वयनमा आउने भएको हो।

बैंक तथा वित्तीय सस्थांबाट शेयर आबेदन दिन पाइने आस्बा  प्रणाली भित्रिएको केहि महिना नपुग्दै अब अझै व्यवस्थित गरेर घरबाटै आवेदन दिन पाइने व्यवस्था गरिएको हो । विभिन्न २५ वटा बैंक तथा वित्तीय संस्थाहरु सिआस्बा प्रणालीमा संलग्न भइसकेका छन । लगानीकर्ताले अब सिआस्बा प्रणाली भएको बैंकबाट सिआस्बा रजिष्ट्रेसन नम्वर (सिआरएन) लिइ घरै बसी अनलाइनबाट आबेदन दिन सक्नेछन ।

सि-आश्वा प्रणाली लागु भइसकेको सिडिएसले एक सूचना प्रकाशित गरि सबैलाई जानकारी दिएको छ ।

Now, add + and – signs to indicate the charged regions of each https://pro-academic-writers.com molecule.

प्रकाशित मिति:November 21, 2018