सिद्धार्थ बैंकको ४ नया शाखा

  Sampatti News

November 21, 2018

नेपालको क वर्गको इजाजत प्राप्त सिद्धार्थ बैंकले शाखा विस्तार गर्ने क्रममा एकैदिन ४ ठाउँमा शाखा स्थापना गरेको छ । काभ्रेको रोसी गाउँपालिका, सुनसरीको गढी गाउँपालिका, तनहुँको देवघाट गाउँपालिकामा र रुपन्देहीको मर्चवारी गाउँपालिकामा  आइतबार बैंकले आफ्नो नयाँ शाखा स्थापना गरेको छ । बैंक तथा वित्तीय सस्थाहरुको पुहँच नपुगेका अन्य थप १० गाउँपालिका तथा नगरपालिकामा आफ्नो शाखा विस्तार गर्ने योजना सिद्धार्थ बैंकले बनाएको छ ।

बैंकले मुलुकभर ८६ शाखा, १०५ एटिएम, ९९ शाखारहित बैंकिङ सेवा र ६ सय ५० भन्दा बढी पिओएस मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति:November 21, 2018