पत्रकार महासंघको प्रेस विज्ञप्तीप्रति महासंघकै केन्द्रीय सदस्यको असहमति

  Sampatti News

April 3, 2020

काठमाडौँ । पत्रकार महासंघको प्रेस विज्ञप्तीप्रति महासंघका केन्द्रीय सदस्यहरुले नै असहमति जनाएका छन् ।
कसमस विश्वकर्माको नेतृत्वमा प्रकाशित ‘काठमाडौं प्रेस’को वेव साइट ह्याक गरि समाचार सामाग्री हटाएको विषयमा पत्रकार महासंघका महासचिव रमेश विष्टमार्फत आएको विज्ञप्तीले सृजित घटनाबाट आफूहरु दुखी भएको समेत जनाएका छन् ।


सदस्यहरुले सोही विज्ञप्तीलाई संस्थागत नभई व्यत्तिगत भएको समेत आरोप लगाएका छन् । ‘सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मी र सञ्चार गृहलाई अभिभावकीय भुमिका निभाउनु पर्ने महासंघले कोरोना भाइसरबाट त्रसित जनताको मनोभावलाई समेत ओझेलमा पार्ने गरि पुष्टि नभएका व्यक्ति र बिषय जोडेर निकालेको प्रेस विज्ञप्ती संस्थागत नभई व्यक्तिगत भएको सबैलाई जानकारी गराउँछौ ।’ विज्ञप्तीमा उल्लेख छ ।


सदस्यहरुले बिषम परिस्थितिमा महासंघ जस्तो साझा र भरोषायोग्य संस्थाको गौरवमय इतिहास बचाउन चाँडो भन्दा चाँडो केन्द्रीय समितिको बैठक बोलाई उठेका बिषयमा गम्भिर बहस गर्न समेत आग्रह गरेका छन् ।


सदस्यहरुमा गोविन्दप्रसाद चौलागाईं, टेकराज थामी, द्धवारिका काफ्ले,सटेन्द्र जवेगू,स्वेता सिन्हा,छेटू शेर्पा,मधु शाही,रामकृष्ण ज्ञवाली,कृष्ण गिरी लगायतका व्यत्तिहरु रहेका छन् ।

प्रकाशित मिति:April 3, 2020