अठासी किलो सुन क्षेत्रपाटीबाट समातियो

  Sampatti News

November 21, 2018

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट सोमबार बिहान ६ बजेतिर अठासी किलो सुन बरामद गरेको छ ।

अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले टाटा ब्राण्डको गाडीमा अवैध सुन ल्याएको सूचना पाए लगत्तै प्रहरीको टोली त्यस तर्फ गएको र प्रहरीलाइ देखेर गाडी भाग्न खोजेको तर  आफूहरुले गाडी चालक मनोज अधिकारीलाई पक्राउ गर्न सफल भएको जानकारी दिनुभयो ।

प्रहरीले बरामद गरेको यो सुन अहिलेसम्मकै ठूलो परिमाणको हो । प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको र यसमा संलग्नको खोजीकार्य तिब्ररुपमा भइरहेको बताएको छ  ।

प्रकाशित मिति:November 21, 2018