दरबारमार्गका ब्राण्डेड स्टोरहरुमा शिलबन्दी

  Sampatti News

November 21, 2018

आज राजधानीको एक मात्र प्रख्यात ठाउ दरबारमार्गमा नेपाल सरकारका आपूर्ति मन्त्री शिबकुमार मण्डलसहितको टोलीले गरेको अनुगमनमा दरबारमार्गमा रहेका आफुलाई  ब्राण्डेड समान बेच्ने भन्ने स्टोरहरुले सामानको मूल्य भन्दा ११ गुणा बढी मूल्य लिएर ग्राहकहरु ठग्ने गरेको पाइएको छ  ।

दरबारमार्गमा रहेका र ग्राहकको नजरमा परेका प्रख्यात स्टोरहरू जस्तै  पुमा, नाइक, बिन्टले र स्टोर वानले चौबिस सय रुपैया पर्ने जुत्ताहरु सत्ताइस हजार रुपैयाँसम्म र  एक हजार पर्ने कपडालाई पाच हजार सम्म लिने गरेको अनुगमनका क्रममा खुलेको आपूर्तिमन्त्री शिवकुमार मण्डलले जानकारी दिए । अहिले ति सबै स्टोरहरुमा शिलबन्दी गरेर थप कारबाहीको लागि अनुसन्धान अघि बढाईएको जनाइएको छ ।मन्त्री मण्डलले  ‘व्यापारको नाममा लुटतन्त्र र कालोबजारी फस्टाएकोले यसलाई कानुनको दायरामा ल्याईने बताउनुभयो ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालले शिलबन्दी गरिएका स्टोरहरूको व्यवसायीलाई सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएकाछौ यदि सबै कागजात सहित उपस्थिति नभए आबश्यक  छानबिन गरी मुद्दा दायर गरिने बताउनुभयो ।

प्रकाशित मिति:November 21, 2018