दात तथा मुखलाई कसरी स्वस्थ्य राख्ने?

  Sampatti News

April 21, 2020

मानब शरीरमा विभिन्न अङ्गहरु जस्तै दात पनि एउटा महत्त्वपूर्ण अङ्ग हो। मानब शरीरको समग्र बिकास गर्न, शरीरलाई स्वास्थ  र निरोगी बनाइ राख्न दन्त स्वास्थको महत्त्वपूर्ण भुमिका रहेको हुन्छ।
मानव शरीरको वृद्धि बिकास,मानसिक सन्तुलन तथा सामाजिक प्रतिष्ठालाई सन्तुलन बनाइ राख्न दन्त स्वास्थले प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा ठुलो योगदान दिदैआइरहेको छ।

खाना खाइ सकेपछि पाैष्टिकतालाई शरीरमा सन्तुलन तथा पाचन प्रणालीलाई कस्तो अबस्थामा राख्ने भन्ने कुरा दन्त स्वास्थमा निर्भर रहेको हुन्छ।

दात तथा मुखलाई कसरी हेरचाह गर्न सकिन्छ? दातलाई मजबुत कसरी बनाई राख्न सकिन्छ ? हामिले दैनिक जीवनमा के-कस्तो कुरामा ध्यान दिन जरुरी छ ? आज यस्को बारेमा म केहि कुरा हरु राख्न गैरहेको छु।

दातलाई हेरचाह अर्थात दातलाई स्वस्थ्य राख्न विभिन्न किसिमको उपाएहरु अावस्यक पर्दछ जसमध्ये केही यस प्रकार रहेका छन् ।

1.खाना खाइसकेपछि दिनमा दुई पटक ब्रश गर्ने।

सामान्यता हाम्रो समाजमा दात दिनको एकपटक माझ्ने गरेको पाइन्छ।  तर, दन्त चिकित्सकीय क्षेत्रमा दातलाई दैनिक दुई पटक खाना खाइसकेको 15 देखि 20 मिनेट  पछि माझ्नु राम्रो मानिन्छ।

यस किसिमको बानी बसाल्नु समग्र दन्त तथा मुख स्वास्थको लागि धेरै राम्रो मानिदै आएको छ। खाना खाएको 15 देखि 20 मिनेटमा हाम्रो दातको सतहमा एक किसिमको सेतो र चिप्लो किसिमको पदार्थ बिकाश हुने गर्दछ। जस्लाइ हामी Dental Plaque अर्थात  दन्त लेउ भन्ने गरिन्छ।

मुख मा हुने विभिन्न किटाणुहरु वृद्धि बिकाश र बस्नको लागि अति राम्रो ठाउँ भनेको दन्त लेउ अर्थात Dental Plaque हो।

त्यहि दातको सतहमा बिकास भएको Dental Plaque हटाउनु हामिले गर्ने ब्रश को पहिलो काम हो।
ब्रश गर्ने तरिका धेरै प्रकारका रहेका छन् ।
ती मध्ये Modified Bass Method Technique एउटा राम्रो तरिका हो। यस तरिकामा दात र गिजा को बिच भागमा ब्रश लाई 45 डिग्री को कोण बनाएर बिस्तारै बिस्तारै गर्नु पर्दछ।

ब्रश गर्ने समय 2-5 मिनेट को हुने गर्दछ भने ब्रश गर्दा जहिले पनि एेनाको साहारा लिएर सम्पुर्ण दातहरुलाई उत्तिकै समय लगाइ ब्रश गर्नु पर्दछ।

2.ब्रश गर्दा प्रयोग हुने मन्जन छनोटमा ध्यान दिने

दातमा ब्रस गर्नु जति महत्त्वपुर्ण हुन्छ त्यत्ति नै महत्त्वपुर्ण हुन्छ ब्रस गर्ने मन्जनको छनोट ।

बजारमा विभिन्न किसिमको दन्त मञ्जनहरु पाइन्छन्। मन्जन किन्दा दातको लागि अति आवस्यक पदार्थ (Fluoride) छ कि छैन ,छ भने कति मात्रामा छ त्यो बुज्न जरुरी हुन्छ।

fluoride भनेको दातलाई किरा लाग्न बाट जोगाउने र दात लाई मजबुत बनाउने एककिसिम को पदार्थ हो। जुनमा दातको मजबुतत र दात किरा लाग्न बाट जोगाउन निकै भुमिका रहेको हुन्छ।

वयस्क मानिसहरुमा प्रयोग हुने Fluoride  को मात्रा र बालबालिकामा हरुमा प्रयोग हुने Fluoride  को मात्रामा फरक हुन्छ। त्यसैले बालबालिका र वयस्क समूहले प्रयोग गर्ने मन्जन नै बजारमा  फरक रुपमा पाइन्छ।वयस्क हरुले प्रयोग गर्ने tooth paste मा Fluoride को मात्रा 750PPMF देखि 1000 PPMF  को हुनु पर्नेछ भने बालबालिका हरु ले प्रयोग गर्ने tooth paste मा fluoride को मात्रा 450PPMF देखि लियेर500 PPMF सम्म को हुनेछ। जुन tooth paste को बाहिरी आवरणमा प्रष्ट सङ्ग लेखिएको हुनेछ।

3.Interdental Brush को प्रयोग गर्ने

जसरी हामीले दातहरु सफा र स्वास्थ्य राख्न ब्रसको प्रयोग गर्छौ त्यसरी नै Interdental Brush पनि दातलाई सफा र स्वास्थ्य राख्न प्रयोग गरिने एउटा महत्त्वपूर्ण  साधन हो।

दुईवटा दातहरुको बिचमा जम्मा भएर  रहेको Dental Plaque लाई हटाउन प्रयोग गरिने ब्रस नै Interdental ब्रस हो।

यो ब्रस पनि हामिले दिनमा एकपटक गर्नु राम्रो मानिन्छ। यो ब्रस नियेमित रुपमा प्रयोग गर्न सकेको खण्डमा दुइवटा दातको बिच हुने दन्त सडनलाई रोक्नुको साथै दातहरु बिचको गिजा स्वास्थ्य राख्न मदत पुर्याउछ ।

4.Dental Floss (दात मा प्रयोग हुने धागो) प्रयोग गर्ने

“Dental Floss” दात सफा राख्न साथै दुईवटा दातहरु जोडिएको ठाँउमा अड्किएर बसेको फोहोर सफा गर्न प्रयोग हुने धागो हो।

यो धागो समान्यता अरु साधारण धागोहरु भन्दा बिल्कुलै फरक किसिमको हुन्छ।

यस्को प्रयोग दैनिक रुपमा वा दुई दिनमा एक पटक प्रयोग गर्न सकिन्छ।

साधारण ब्रस र interdental brush ले सफा गर्न नमिल्ने ठाउँमा यसको प्रयोग गरिन्छ। यसको प्रयोग थोरै साबधानी अपनाएर गरेको राम्रो मानिन्छ। धेरै बल र गलत तरिकाले प्रयाेग भएकाे खण्डमा गिजामा चोट पर्नुका साथै घाउ समेत बन्न सक्छ। त्यसैले येस्को प्रयोग गर्नु भन्दा पहिला यो प्रयोग गर्ने तरिकाको लागि दन्त चिकित्सक सङ्ग परामर्श लिएको राम्रो मानिन्छ।

5.Toothpick को प्रयोग गर्ने

सामन्यता हामीले प्राय: बुझ्ने गरेको Toothpick र दातमा प्रयोग हुने Toothpick फरक हो।

हाम्रो समाजमा Toothpick भन्नाले होटेल ,रेस्टुरेन्टमा राखिएको सानो सिन्कालाई बुज्ने गरिन्छ।

बास्तवमा त्यो Toothpick नभएर Foodpick हो।

दातमा प्रयोग हुने Toothpick दुइटा दातको बिच भागको आधारमा बनाइएको हुन्छ। जुन तृकोणात्मक आकारको हुन्छ । जसमा एक भाग धरिलो हुन्छ भने अर्को भाग भुत्ते हुन्छ।

भुत्ते भाग गिजा तिर र धारिलो भाग गिजा भन्दा माथी राखेर येस्को प्रयोग गरिन्छ। तर, होटेलमा पाइने सिन्का गोलाकारमा रहेको हुन्छ यस प्रकारको सिन्का प्रयोग गरेको खण्डमा दुई दातबिचकाे भागमा खाली भाग बढ्दै  जाने र पछि खाने कुराहरु आड्किएर समस्या गर्ने निश्चिति हुन्छ।

वास्तविक Toothpick ले पनि Interdental Brush को जस्तै दुई दातको बिच भागको फोहोर निकाल्न  सहयोग पुग्दछ।

 6.कुल्ला गर्ने बानी बसाल्ने 

केही खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्ने बानी मुख सफा राख्ने तरिक मध्ये को राम्रो र सरल तरिका हाे।

केही कुरा खाने बितिकै कुल्ला गरेको खण्डमा दन्त लेउ (Dental  Plaque )बन्नु भन्दा पहिला नै मुखमा अड्किएको खाने कुराहरु पखालिने हुँदा Dental Plaque दातको सतहमा बन्न बाट रोकिन्छ।

बजार पनि कुल्ला गर्नका लागि केही औषधिहरु पाईन्छन् तर यस्ता औषधि दैनिक प्रयोग आवस्यक हुदैन।

बरु घरमै हप्ताको कम्तिमा दुई तीन पटक मन तातो नुन पानीले कुल्ला गर्नुले समग्र दन्त तथा मुख स्वास्थमा राम्रो प्रभाव पर्न आउँछ।

7.प्रत्येक ६/६ महिनामा दन्त चिकित्सकसँँग दन्त परिक्षण गर्ने

सामान्यता मानिसहरु दुखे पछि वा भनौ केही समस्या भएपछि मात्रा दन्त उपचार गर्न जाने परिपाटी हाम्रो समाजको लागि कुनै  नौलो होइन। तर सामान्य अवस्थामा पनि प्रत्यक ६ महिना को अन्तरालमा दात तथा मुखको चेक अप गर्नु  हाम्रो लागि राम्रो कुरा हो। एउटा भनाइ नै छ नि “Prevention is better then cure” अर्थात “रोकथाम उपचार भन्दा राम्रो हो ।

प्रकाशित मिति:April 21, 2020