भारतिय विदेशमन्त्रि सुस्म स्वराज नेपाल आउदै

  Sampatti News

November 21, 2018

भारतीय विदेशमन्त्री सुषमा स्वराज भोलि नेपाल भ्रमणमा आउने भएकी छिन् । उनी उच्चस्तरीय कूटनीतिक टोली सहित २ दिने भ्रमणका लागि बिहिबार काठमाडौं आउन लागेकी हुन् ।नया सरकार गठनको लागि तयारी भइरहेका बेला  विदेशमन्त्री स्वराज भारतीय प्रधानमन्त्रि मोदीको विशेष सन्देश लीएर आउन लागेको धेरैको बुझाई छ।

उनले बिहिबार बाटै राजनीतिक दलका नेताहरूलाई भेट्ने कार्यक्रम रहेको खबर आएको छ  । दुइ दिनको लागि मात्र आउन लागेको भारतीय विदेशमन्त्री सहितको टोलीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने बताइएको छ । बिशेषगरि नेकपा एमालेका अध्यक्ष तथा भावी प्रधानमन्त्रीका रूपमा हेरिएका केपी शर्मा ओली र विदेशमन्त्री स्वराज बिचको हुने भेटवार्तालाई दुवै देशले चासोको रुपमा हेर्ने छ ।

प्रकाशित मिति:November 21, 2018