राष्ट्रिय सभा सदस्यको लागि मनोनयन दर्ता सुरु

  Sampatti News

November 21, 2018

काठमाडौँ । माघ २४ गते हुने राष्ट्रिय सभाको चुनावका लागि आज मनोनयन दर्ता सुरु हुँदैछ। ५६ सिटको लागि आज सातैवटा प्रदेशमा १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेको निर्वाचन आयोगले जानकारी गराएको छ ।

सातै वटा प्रदेशको उच्च अदालत रहेको स्थानमा राष्ट्रिय सभाको मनोनयन दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय खडा गरिएको छ। उमेद्वारहरुले आ-आफ्नो प्रदेशमा भएको  निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन दर्ता गर्न सक्नेछन ।

राष्ट्रिय सभा सदस्यको लागि कुल ५९ सिट मध्य ३ सिटको लागि संवैधानिक व्यवस्था अनुरुप मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने र अन्य ५६ जना प्रत्यक्ष चुनाब बाट निर्वाचित हुने छन्।

राष्ट्रिय सभाको सदस्यको लागि नेकपा एमाले बाट २९  माओबादी केन्द्रबाट १३ र नेपाली काँग्रेसबाट २० जनाले उम्मेदवारी दर्ता गराउदै छन् ।

प्रकाशित मिति:November 21, 2018