एमालेले छान्यो ३वटा प्रदेशबाट राष्ट्रिय सभाका १३ जना उम्मेदवार

  Sampatti News

November 21, 2018

नेकपा एमालेको सोमवार राती अवेरसम्म जारी स्थायी समितिको बैठकले ३ वटा प्रदेशको राष्ट्रिय सभाका उम्मेदवारको सूची तय गरेको छ ।बैठकले ५,६,७, प्रदेश बाट मात्रै उमेद्वारको नाम छनौट गरेको हो ।

राष्ट्रिय सभाकोलागि कुल २९सिट नेकपा एमालेको नाममा परेको छ । जस मध्य ५,६ र ७ प्रदेश बाट १३ जना उम्मेद्वारक छनौट गरिसकेको र अब अन्य प्रदेश बाट १६ उम्मेद्वारको नाम टुङ्गो लाउन बाँकी रहेको छ ।

प्रदेश नम्बर ५,६,र ७ बाट छनौट भएका नेकपा एमालेका उम्मेद्वारका सुचि यस प्रकार छन् ।

प्रदेश नम्बर ५ बाट

(१)रामलखन हरिजन (दलित) पश्चिम ,नवलपरासी (२)खिमलाल भट्टराई(खुला), रुपन्देही (३)मीना बुढा (महिला), रोल्पा (४)कोमल वली (महिला)दाङ

त्यस्तै प्रदेश नम्बर ६ बाट

(१) कविता बोगटी (महिला), हुम्ला (२) नन्दा शर्मा ( महिला), सुर्खेत (३) नरपति लोहार (दलित), कालिकोट (४) भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट (५) ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नम्बर ७ बाट

(१) कमल ओली (महिला), कैलाली (२) इन्दुकडेरिया बिष्ट (महिला), कञ्चनपुर (३) शेरबहादुर कुँवर (खुला), अछाम(४) चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा रहेका छन् ।

प्रकाशित मिति:November 21, 2018