न्याय सेवाका दुई सचिव सहित ८४ जनाको बढुवा

  Sampatti News

June 8, 2020

काठमाडौं । न्याय सेवा आयोगको सोमबार बसेको बैठकले दुई सहसचिव र ८५ नासुलाई क्रमशः सचिव र अधिकृतमा बढुवा गरेको छ ।
अर्थ मन्त्रालयमा कानुन अधिकृत सहसचिव उदयराज सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवको जिम्मेवारी सहित सचिवमा बढुवा गरेको छ ।
यस्तै, कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवालीको पनि सचिवमा बढुवा भएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरिएको छ ।
आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव रहेका ऋषिराज भण्डारीलाई कानुन मन्त्रालयमा सरुवा गरेको छ ।
बैठकले चार जना उपसचिव र १५ जना अधिकृतको सरुवासमेत गरेको छ । उच्च अदालत, तुल्सीपुरका उपरजिस्ट्रार प्रेम खड्कालाई जिल्ला अदातल, रोल्पाको स्रेस्तेदारमा सरुवा गरिएको छ ।

यस्तै, उच्च अदालत, दिपायलको महेन्द्रनगर इजलासका उपरजिस्ट्रार तीर्थराज भट्टलाई बाँके जिल्ला अदालतको स्रेस्तेदारमा सरुवा गरिएको छ। सर्वोच्च अदालतका इजलास अधिकृत जगतबहादुर पौडेललाई उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको रजिस्ट्रारमा सरुवा गरिएको छ।

जिल्ला अदालत, बाँकेका स्रेस्तेदार यदुराज शर्माको कञ्चनपुर जिल्ला अदालतको स्रेस्तेदारमा सरुवा गरिएको छ ।

प्रकाशित मिति:June 8, 2020